पुनर्निर्माणको बजेट घट्यो

बिहिबार, १५ जेष्ठ २०७७

काठमाडौं – सरकारले पुनर्निर्माणतर्फको बजेटमा भारी कटौती गरेको छ ।

सरकारले चालु आर्थिक वर्षमा पुनर्निर्माणतर्फ १२१ अर्ब रुपैयाँ छुट्याएको थियो । तर आगामी वर्षका लागि भने ५५ अर्ब रुपैयाँ मात्रै विनियोजन गरिएको छ । यो चालु आर्थिक वर्षको तुलनामा ६६ अर्बले कम हो ।

अर्थमन्त्री युवराज खतिवडाका अनुसार, आगामी आवमा विद्यालय पुनर्निर्माणको काम सकिने भएको छ । रानीपोखरी र धरहरा पुनर्निर्माणको कामले समेत तिव्रता पाउने भएको छ ।