बजेट प्रभाव : झण्डै १० हजारले बढ्यो सुनको मुल्य

बिहिबार, १५ जेष्ठ २०७७

काठमाडौं – सुनको भाउ ह्वात्तै बढेको छ । व्यवसायीहरुले बजेटमा सुनको भन्सार लगाउने व्यवस्था गर्न लागेको सुइको पाएपछि मुल्य ह्वात्तै बढाएका हुन ।

सुनको भाउ प्रतितोला ८६ हजार १ सय रुपैयाँ पुगेको छ। नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले दुई महिनापछि नेपाली बजारमा सुनचाँदीको मूल्य निर्धारण गरेको हो । गत चैत ११ गतेबाट सरकारले बन्दाबन्दी घोषणा गरेपछि नेपालका सुनचाँदी विक्रेताहरूले सुनको मूल्य निर्धारण गर्न बन्द गरेका थिए।

बन्दाबन्दी सुरु हुनुअघि १० चैतमा प्रतितोला ७७ हजार रुपैयाँ तोकिएको थियो। यसरी नेपाली बजार बन्द हुँदै गर्दा सुनको भाउ नौ हजारभन्दा धेरैले महँगिइसकेको छ। यो मूल्य नेपाली बजारमा प्रकाशित मूल्यमध्ये हालसम्मकै उच्च पनि हो।