एउटै पालिकाका २७ जनामा कोरोना संक्रमण
काठमाडौं – एउटै गाउँपालिकाका २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोसी अस्पतालमा गरिएको परिक्षणमा झपाका २७ जनाका कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
कोशी अस्पताल विराटनगरकी मेडिकल सुपरिटेण्डेन्ट डाक्टर संगीता मिश्राका अनुसार झापाको दक्षिण कचनकवल गाउँपालिकाका २७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
कचनकवलमा संक्रमितको संख्या एक सय पुगेको छ । बिहीबार मात्र कचनकवलमा २५ जनामा संक्रमण पुष्टि भएको थियो ।