कति छ सगरमाथाको नयाँ उचाई ?

शनिबार, १७ जेष्ठ २०७७

काठमाडौं – नेपालले सगरमाथाको मापन अन्तिम चरणमा पुर्याइरहेको बेला चिनियाँ सर्भे टोलीले सगरमाथा शिखरमै पुगेर मापन कार्य पूरा गरेको छ ।

६५ वर्षअघि सन् १९५५ मा मापन भएको सगरमाथाको उचाइ हालसम्म ८ हजार ८ सय ४८ मिटर अर्थात् २९ हजार २८ फिट मानिँदै आइएको छ ।

सगरमाथाको नयाँ मापनले अब नयाँ उचाइ कति छ भन्ने विषयमा यथार्थ विवरण आउनेछ ।

नेपालका तर्फबाट सगरमाथा नयाँ मापनको अन्तिम काम अझै बाँकी रहेकाले उचाइ तत्काल सार्वजनिक नहुने नापी विभागका सूचना अधिकारी दामोदर ढकालले बताए । तर चीनले भने नापिसकेत नेपाललाई उचाईँको विवरण पठाइसकेको छ ।

नापी विभाग श्रोतका अनुसार सगरमाथाको नयाँ उचाईँ ८ हजार ८ सय ४४ दशमलव ४४ मिटर कायम भएको छ । २०७२ सालको भुकम्पपछि सगरमाथाको उचाई घटेको भन्दै दुबै देशका अधिकारीहरुले नापी गर्न थालेका थिए ।