नवराज विकका लागि समर्पित गजल : प्रेम गर्दा
यहाँ प्रेम गर्दा मृत्यु उपहार पाइन्छ
यहाँ भन्दा निर्दयी संसार कहाँ पाइन्छ
प्रेम ईश्वर हो , पुजा हो अनि सत्य पनि
यहाँ यत्ति बुझिदिने संस्कार कहाँ पाइन्छ
मान्छे सबै एउटै हुन भन्नेहरू धेरै छ्न
मान्छेको बोली जस्तै व्यवहार कहाँ पाइन्छ
उ मरेर गयो तर उस्को प्रेम सफल भयो
भन्नुस उसलाई जिवित पार्ने उपचार कहाँ पाइन्छ
यहाँ बिभेद के हो ? जब मान्छे एउटै हो भने
भन्दिनुस मलाई रातो रगत बिनाको रक्तसञ्चार कहाँ पाइन्छ ।