फेरी थपिए ११ जना कोरोना संक्रमित

शनिबार, १७ जेष्ठ २०७७

सिरहा — सिरहामा शनिबार थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित एघारै जना भारतको हरियाणा, बैंगलोरलगायत विभिन्न स्थानबाट आएकाहरु हुन् ।

लहान नगरपालिकाका ८ जना, धनगढीमाई नगरपालिकाका २ र कल्याणपुर नगरपालिकाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य प्रमुख कृष्णदेव यादवले जानकारी दिए । योसँगै जिल्लामा कोरोनाबाट संक्रमितको संख्या २५ पुगेको छ ।

संक्रमित ११ जना भारतका विभिन्न स्थानबाट आई आ–आफ्ना नगरपालिकाको क्वारेन्टाइनमा बसेका थिए । उनीहरुको जेठ ११ र १२ गते पीसीआर परीक्षणका लागि थ्रोट स्वाब संकलन गरिएको थियो । संक्रमित सबैलाई आइसोलेसनमा लैजाने तयारी भइरहेको स्वास्थ्य प्रमुख यादवले जानकारी दिए ।