शनिबार साँझ थपिए ५ जना कोरोना संक्रमित
काठमाडौं – नेपालमा थप ५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
शनिबार नारायणी अस्पतालमा गरिएको परीक्षणमा पटेर्वा सुगौलीका वर्ष २२ का २ जना पुरूष , वर्ष २५ की १ जना महिला र १ जना पुरूष तथा वर्ष ३६ का १ जना पुरूष गरी ५ जनामा संक्रमण पुष्टि भएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए ।
उनीहरु भारतका विभिन्न स्थानबाट नेपाल आएपछि क्वारेन्टाइनमा बस्दै आएका थिए । यस्तै आजै बिहान पनि पर्साका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।