मध्यरात ५९ जना कोरोना संक्रमित थपिए
सुर्खेत – कर्णाली प्रदेशमा ५९ जना कोरोना संक्रमित थपिएका छन । नयाँ संक्रमित मध्य कालिकोटका १७ जना, दैलेखका १५ जना, सल्यानमा २५ जना, सुर्खेतमा १ र बाजुरामा १ जरी जम्मा ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा शनिबार गरिएको परीक्षणमा ३३ जना र सुर्खेतको पशुपन्छि रोग अन्वेषण प्रयोगशालामा गरिएको परिक्षणमा २६ जनामा कोरोना पुष्टि भएको कणाली प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
यो संगै कर्णाली प्रदेशमा कोरोना सक्रमितको संख्या १०५ पुगेको भने एक जनाको मृत्यु भएको छ ।
