नयाँ २ जिल्लामा पनि देखियो कारोना

शनिबार, १७ जेष्ठ २०७७

सुर्खेत – नयाँ ठाउँमा कोरोना भाइरस संक्रमित भेटिएका छन । शनिबार गरिएको परिक्षणका कालिकोट र बाजुरामा कोरोना संक्रमित भेटिएका हुन ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा शनिबार गरिएको परीक्षणमा बाजुराका १ र कालिकोटका १७ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको हो ।

शनिबार मात्रै ल्याबमा १ सय ५९ नमूनाको परीक्षण गरिएको र त्यस मध्ये १८ जनामा (कोभिड–१९) पोजिटिभ पुष्टि कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । उनीहरु सबै भारतबाट आएर क्वारेन्टाइनमा बसेकाहरू हुन् ।