भारतलाई खुशी पार्न काग्रेसको यत्रो राष्ट्रघात !

आइतबार, १८ जेष्ठ २०७७

काठमाडौं – नेपालको नक्सामा समेटिएको भुभागका विषयमा नेपाली काँग्रेसले दुई ओटा निर्णय गरेको पाइएको छ । सरकारले नेपालका लिपुलेक, कालापाली र लिम्पियाधुरा सहितको भुभाग समेटेर बनाएको नयाँ नक्सालाई संविधानको अङ्ग बनाउन लागिको संविधान संशोधनको पक्षमा मतदान गर्ने निणर्य गरेको काँग्रेसले त्यो संगै अर्को एउटा निर्णय पनि गरेको छ ।

लिपुलेक लिम्पियाधुरा समेटेर नयाँ नक्सा जारी गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध काग्रेसले संस्थागत रुपमा खेद प्रस्ताव पारित गरेको छ । तर उक्त पार्टीले सो प्रस्ताव बाहिर नल्याएर गोप्य राखेको छ ।

शनिबार बसेको केन्द्रीय कार्यसमिति बैठकले प्रधानमन्त्री ओलीले नेपाल र भारतबीचको सम्बन्धमा दरार पैदा हुने गरी अभिव्यक्ति दिएको भन्दै कांग्रेसले खेद प्रस्ताव पारित गरेको हो।

विश्वस्त स्रोतले दिएको जानकारी अनुसार गोपालमान सिंहको प्रस्तावमा छलफलपछि बैठकले खेद प्रस्ताव पारित गरेको छ। उक्त प्रस्ताव उपसभापति विमलेन्द्र निधिले सक्रियतामा आएको र पारित गराउन पनि उनले बैठकमा भूमिका खेलेका थिए।

प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रममाथि उठेको प्रश्नको जवाफ दिँदै जेठ ६ गते भारतले अक्रिमण गरेको लिम्पियाधुरा, कुटी, गुञ्नी, नावी, लिपुलेक, कालापानी फिर्ता ल्याउने प्रतिबद्धता जनाउँदै भारतप्रति कडा रुपमा प्रस्तुत भएका थिए।

उनले लिम्पियाधुरासहितको भूमि नेपालको भएकाले त्यो सत्य भारतले स्वीकार गर्छ कि गर्दैन ? भन्ने प्रश्न गरेका थिए। ओलीले भारतको राष्ट्रिय चिन्ह अशोक स्तम्भमा लेखिएको ‘सत्यमेव जयते’ प्रति लक्षित गर्दै भनेका थिए, ‘भारत आफ्नो राष्ट्रिय चिन्हमा लेखिएको सत्यमेव जयते स्वीकार गर्छ कि सिंहमेव जयतेलाई स्वीकार गर्छ म सोध्नेछु।’

ओलीको उक्त अभिव्यक्तिले नेपाल र भारतबिचको सम्बन्धमा संकट पैदा गरेको र दुई देशका नागरिकबिचको मैत्रीपूर्ण सम्बन्धमा असर गरेको खेद प्रस्तावमा उल्लेख भएको स्रोतले जानकारी दियो।

बैठकले निशासन छापमा उल्लेख भएको नेपालको नक्सा संशोधन गर्ने संविधान संशोधन प्रस्तावलाई समर्थन गर्न संसदीय दललाई निर्देशन दिएको छ। ओलीप्रति खेद प्रस्ताव पारित गरे पनि राष्ट्रियताको पक्षमा कांग्रेस सधैँ अडिग रहेको उल्लेख गर्दै नेपालको नक्सा संशोधन गर्ने विषयलाई भने समर्थन गर्ने निर्णय गरेको हो।