भारतबाट उद्वार गरी आएको आत्रुवाहक बस दुर्घटना, ११ जनाको मृत्यु

सोमबार, १९ जेष्ठ २०७७

बाँके – भारतबाट फर्केका मानिसहरुलाई लिएर नेपालगञ्जबाट दाङतर्फ गइरहेको यात्रुबाहक बस दुर्घटनामा परेको छ ।

ना ५ ख ५९९५ नम्बरको सो यात्रुबाहक फोर्स नामक मिनीबस आइतबार राति अगैया नजिकैको जंगलमा बा ४ ख ९०६४ नम्बरको ट्रकसँग ठोक्किएको थियो । दुर्घटनामा कम्तीमा ११ जनाको मृत्यु भएको बताइएको छ भने २२ जना गम्भीर घाइते भएका छन् ।

अहिले घाइतेहरूको नेपालगन्जस्थित भेरी अस्पतालमा उपचार भैरहेको अस्पताल श्रोतले जनाएको छ । थप विवरण आउन बाँकी छ ।