रुकुम हत्याकाण्डको नयाँ सिराबाट अनुसन्धान हुँदै

सोमबार, १९ जेष्ठ २०७७

काठमाडौं – रुकुम हत्यकाण्डको नयाँ सिराबाटा अनुसन्धान हुने भएको छ । त्यसका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली खटिएको छ ।

रुकुमको चौरजहारी घटनाको अनुसन्धानमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली खटिने भएको हो । गृहमन्त्री रामबहादुर थापा ‘बादल’को निर्देशनपछि सीआईबीको टोली पनि खटिन लागेको हो ।

ब्युरो स्रोतका अनुसार घटनाको प्राविधिक पक्षको विश्लेषणका लागि ब्युरोको टोली रुकुम जान लागेको छ ।

जेठ १० गते प्रेमिकाले बोलाएपछि विवाहका लागि रुकुम पश्चिम गएका जाजरकोटको भेरी नगरपालिकाका नवराज विक र उनका साथीहरु स्थानीयको आक्रमणमा परेका थिए ।

त्यस क्रममा विकसहित ५ जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन् । १२ जना घाइते छन् ।