बजेटको १६६ नम्बर बुदा प्रति निजी विद्यालयहरुको आपक्ति
काठमाडौं – सरकारले संसदमा प्रस्तुत गरेको आर्थिक बर्ष २०७७/७८ बजेट विभिन्न कारणले विवादित छ । त्यहि मध्यको एउटा विषय हो निजी विद्यालयहरुले सामाजिक उत्तरदायित्व बहन गर्नुपर्ने ।
बजेटको बुदा नम्बर १६६ मा रहेको प्रावधान निजी स्कुलहरुलाई धरासाही बनाउने नियतका साथ ल्याइएको भन्दै निजी विद्यालय संचालकहरुले विरोध गरेका छ । राष्ट्रिय निजी तथा आवासिय विद्यालय एसोसियसन नेपाल (नेशनल प्याव्सन) ले उक्त प्रावधानले निजी विद्यालयलाई धरासाही बनाउने भन्दै विरोध गरेको छ ।
बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै नेशनल प्याव्सन काठमाडौंले निजी क्षेत्रबाट संचालित विद्यालयहरुको भुमिकालाई नजरअन्दाज गर्दै विद्यालय संचालकहरुको मनोवल गिराउन ल्याएको उक्त प्रावधानलाई हटाउन आग्रह गरेको छ ।
बजेटको बुदा नम्बर १६६ मा माध्यामिक तहसम्मको शैक्षिक कार्यक्रम संचालन गर्ने सबै निजी विद्यालयले सामाजिक उत्तरदायित्व बहन गर्दै कम्तिमा एक सामुदायिक विद्यालयमा शैक्षिक पूर्वाधार सामाग्री सहित विद्यालयको शैक्षिक गुणस्तर सुधारको जिम्मेवारी लिनुपर्ने ब्यबस्था गरेको उल्लेख छ । यो प्रावधानले घाटामा रहेका विद्यालयहरुलाई ठूलो असर पर्ने भन्दै नेशनल प्याव्सन काठमाडौंले यो विषय मान्ने नहुने उल्लेख गरेको छ ।
निजी विद्यालयलाई सामुदायिक विद्यालयको जिम्मा लगाउन लागेको भन्दै अन्य सरोकारवाला निकायले समेत यसको विरोध गरिरहेका छन ।
विज्ञप्ति


