अखिल क्रन्तिकारीका अध्यक्ष चिरन्जिवी ढकाल पक्राउ

बुधबार, २१ जेष्ठ २०७७

काठमाडौँ– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निकट अखिल क्रान्तिकारीका अध्यक्ष चिरञ्जिवी ढकाललाई प्रहरीले पक्राउ गरेको छ ।

ढकाललाई काठमाडौँको माइतीघरबाट बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। उनी एमसीसीको विरोधमा माइतीघरमा आयोजित कार्यक्रममा सहभागी थिए।

ढकाललाई महानगरीय प्रहरी परिसर टेकु पुर्‍याइएको र उनलाई सोधपुछका लागि ल्याइएको प्रहरीले जानकारी दिएको छ।