‘कोरोनमा डडेलो लाग्यो’ भन्दै जङ्गिए पूर्वमन्त्री सोडारी

बुधबार, २१ जेष्ठ २०७७

धनगढी – सुदूरपश्चिम प्रदेशका पूर्वसामाजिक विकास मन्त्री दीर्घ सोडारीले सुदूरपश्चिका प्रदेशका अस्पतालको क्षमतमा बृद्धी गर्न सरकाको ध्यानाकर्षण गराएका छन । प्रदेश सभाको आठौँ बैठकको शुन्य समयमा बोल्दै सोडारीले कोरोना भाईरसको संक्रमणले डडेलो लागेको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन ।

कैलाली निर्वाचन क्षेत्र नम्बर ४ प्रदेश सभा (क) बाट निर्वाचित सांसद सोडारीले संक्रमण पोजेटिभ देखिएका व्यक्तिहरुलाई उपचारको लागि समस्या भएको बताए । उनले प्रदेशमा ठूलो संख्यामा भेटीएका संक्रमितहरुलाई सरकारले कोरोना अस्पतालको रुपमा घोषणा गरेको सेति अस्पताल सम्म पु¥याउनसमेत समस्या भएको सदनलाई जानकारी गराए ।

सोडारीले भने, ‘सरकाले अव कोरोनाबाट शिक्षा मात्र लिने होईन सामना गर्नु पर्ने बेला आएको छ ।’ उनले भने, ‘कैलालीमा धेरै संक्रमित छन, गौरीगंगा नगरपालिकाको कालिका माध्यमिक विद्यालयमा एकै पटक पिसीआर रिर्पोटामा १२ जनाको पोजेटिभ देखियो, उनीहरुलाई सेति प्रादेशिक अस्पतालमा राखिएको छ, थप ७ जनालाई सेति अस्पताल समेत पु¥याउन समस्या भएको छ, कोही जान मान्दैनन् । बस चालक पठाए बसनै छोडेर हिड्छन । एम्बुलेन्स चालकहरु एम्बुलेन्स नै विगारेर भाग्नु पर्ने अवस्था श्रृजना भयो ।’

सरकारले शिक्षा लिने मात्र हुँदैन अव कोरोनासँग डटेर सामाना गर्ने बेला आएको भन्दै सांसद सोडारीले प्रदेश सरकारका सबै मेकानिजमलाई कोरोनाले चुनौति थपिएको बताए । भारतबाट आएकालाई टिप्परमा ल्याउनु पर्ने अवस्था छ सृजना भएको भन्दै उनले आइसोलेसनको क्षमता बढाउन प्रदेश सरकारसँग माग गरेका छन ।

महाँमारीबाट ज्यान गुमाउने प्रति श्रद्धान्जली व्यक्त गदै सांसद सोडारीले संक्रमित भएर उपचारको क्रममा रहेका सम्पूर्णको सिघ्र स्वाथ्य लाभको कामना गरे ।

उनले प्रदेश सरकारले धनगढीमा बनाएको ५० बेडको अस्पताललाई चाडो सञ्चालनमा ल्याउनु पर्ने बताए । उनले भने, ‘सेतिप्रदेशीकमा २४ मात्र आइसोलेसनको बेड छ । सरकारले अर्को अवस्पताल बनाए पनि प्रयोगमा ल्याउन सकेको छैन् । वडाध्यक्षहरुको सहयोगमा जुन ठाउँबाट ल्याएका थियौं, पुनः त्यही लिनु पर्ने अवस्था आयो । जंगलको छेउमा राख्नु पर्ने भयो ।