एमसीसी पास गर्न लागेको भन्दै नेकपाले जलायो प्रधानमन्त्री ओलीको पुत्ला
काठमाडौं – विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले देशभर प्रधानमन्त्री केपी शर्मा ओली र काँग्रेस सभापति शेरबहादुर देउवाको पुत्ला दहन गरेको छ । विभिन्न जिल्लाहरुमा पार्टीका विभिन्न कमिटीहरुले ओली र देउवाको पुत्ला दहन गरेका हुन ।
ओली र देउवाले अमेरिकी सहयोग, मिलेनियम च्यालेन्स कर्पोरेशन (एमसीसी) संसदबाट पारित गर्न लागेको भन्दै पुत्ला दहन गरिएको हो । राष्ट्रिघाती सम्झौता संसदबाट अनुमोदन गरेर देशलाई रणमैदान बनाउन लागेको भन्दै पुत्ला दहन गरिएको नेकपाले जनाएको छ ।
केन्द्रीय संघर्षका कार्यक्रम अनुसार आज ओली देउवाको पुत्ला जलाइएको नेकपा निकट श्रोतको भनाई छ । सरकारले संसदबाट राष्ट्रिघाती सम्झौता अनुमोदन गर्न लागेको भन्दै पार्टी महासचिव विप्लवले एक विज्ञप्ति जारी गर्दै आन्दोलनको घोषणा गरेका थिए ।

