अक्सफोर्ड विश्वविद्यालयबाट आयो खुशीको खवर, कोरोनाको खोप तयार
एजेन्सी – अक्सफोर्ड विश्वविद्यालयले कोरोना भाइरसको खोप तयार पारेको छ । उसले तयार पारेको खोप परिक्षणको आन्तिम तयारीमा रहेको विश्वविद्यालयले जनाएको छ ।
कोरोना संक्रमण रोकथामका लागि विकसित गरिएको एक नयाँ भ्याक्सिनलाई अर्को हप्ताबाट ब्राजिलमा ट्रायल गरिनेछ ।
यो हप्ता भर्ना भएका दुई हजार स्वयंसेवकमाथि यो भ्याक्सिनको ट्रायल हुनेछ । यो अनुसन्धानमा मद्दत गरिरहेको युनिभर्सिटी अफ साओ पाउलोका अधिकारीका अनुसार अनुसन्धानमा १८ देखि ५५ वर्षबीचका स्वयंसेवक स्वास्थ्यकर्मी समावेश गरिनेछ ।
कोभिड–१९ अस्पतालमा सर–सफाईको काम गर्ने स्वयंसेवक पनि ट्रायलमा भाग लिन सक्नेछन् ।
युनिभर्सिटी अफ प्रेसिडेन्ट सोराया स्माइलीका अनुसार कोरोना संक्रमितको संख्या ब्राजिलमा अत्यधिक देखिएपछि यो अध्ययनका लागि ब्राजिललाई छानिएको जानकारी दिए । यतिखेर अमेरिकापछि कोरोना संक्रमितको संख्यामा ब्राजिलमा सबैभन्दा धेरै छ ।
स्रोतः बीबीसी