स्वास्थ्य संकटकाल घोषणा गर्ने मन्त्रालयको निर्णय
काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य संकटकाल घोषणा गर्ने निर्णय गरेको छ । मन्त्रालयले निर्णय गरेर संकटकाल लागु गर्नका लागि मन्त्रिपरिषदमा प्रस्ताव पठाएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रबक्त डा. विकास देवकोटाले स्वास्थ्य संकटकाल घोषणाका लागि क्याबिनेटमा प्रस्ताव पठाइएको बताए । सम्भवत आजै क्याबिनेटले प्रस्ताव स्वीकृत हुनेछ ।
कोरोनाका संक्रमित बढ्न थालेको भन्दै स्वास्थ्य संकटकाल घोषणा गर्ने लागेको डा. देवकोटाले बताए ।