सशस्त्र प्रहरी र नापी विभागका कर्मचारी मिलेर भारतलाई ३६ हजार रेक्टर जमिन बेचेको खुलासा
काठमाडौं – सीमा सुरक्षाका लागि सीमाना खटिएका सशस्त्र प्रहरी र जमिनको हिसावकिताव राख्ने नापी विभागका कर्मचारीहरुले नेपालको भुमि बेचेको खुलासा भएको छ । भारतीय एसएसवीसँगको साँठगाठ र पिमलेमत्तोमा नेपालको भुभाग वेचेको एक नागरिकले आरोप लगाएका छन ।
सीमानामा नम्बरी जग्गा भएका एक नागरिकले दिनदहाडैं आफ्नो जमिनमा नेपाल र भारतका अधिकारीहरुले सीमा स्तम्भ गाडेको विषयमा बोल्दै उनले यस्तो खुलासा गरेका हुन । उनले आफ्नो नम्बरी जग्गा भारतमा परेपछि फिर्ता ल्याउन पहल गर्दा अधिकारीहरु मुआव्जा दिन पहल गर्ने भन्दै पन्छिएको उनको आरोप छ ।
नेपालको भुमि भारतलाई दिएर आफूलाई मुआव्जा दिने भनेपछि आफूले उनीहरुमाथि शंकाको दृष्टिकोणले हेर्नु थालेको उनको भनाई । आफूनो देशको र नम्बरी जग्गा भोगचलन गर्नको सट्टा उल्टै मुआव्जा दिएर संधैका लागि जमित भारतको बनाउँन चलखेल भएको उनको भनाई छ ।
नापी विभागका हाकिम र सशस्त्र प्रहरीका विओपी प्रमुखको मिलेमत्तोमा नेपालको तराईका १९ जिल्लामा अतिक्रमण भएको र ३६ हजार रेक्टर जमिन भारतले कब्जा गरेको पिडित नेपाली नागरिकले बताएका छन ।
नेपालको सीमा सरक्षाका लागि खटिएको सशस्त्र प्रहरीबाट सीमानाको सुरक्षा हुन नसकेको भन्दै ती नागरिकले भने, ‘बीओपी पोस्ट नहुँदा हामीहरुले आफ्नो देशको सुरक्षा गरेका थियौँ । जब काठमाडौंबाट बीओपी पोस्ट आएर बस्यो अनी हाम्रो जमिन गुम्यो ।’
यसरी बेचियो भुमि, हेर्नुहोस् भिडियोमा