जनता कोरोना संक्रमणको चपेटामा, सांसदलाई मोजमस्ती !
काठमाडौं – विश्वभर अहिले कोरोनाको कहर छ । कोरोना भाईरसकै कारण नेपाल लकडाउनको अवस्थामा छ । लकडाउनकै कारण लाखौं दैनिक ज्यालामजदुरी गरेर खाने मानिसहरु राहतको लागि हरेक संघ सस्था र सरकारलार्इ गुहार गरिरहेका छन् ।
लाखौ मानिसहरु राहत नपाएकै कारण भोको पेटमा बस्न बाध्य छन् । तर यता सुदूरपश्चि प्रदेशमा अनौठो घट्ना भएको छ । यो समाचार हेर्दा वा सुन्दा अचम्म लाग्न सक्छ । सुदूरपश्चिम प्रदेश सभाका सांसादहरुले गाउँमा राहत बाढ्न गएको भन्दै प्रदेश सभाबाट भत्ता लिएका छन् ।
देश पुरै लकडाउन भएको साढे २ महिना हुन लागेको छ । मौका छोपेर उनीहरुले मोटो रकम भत्ता लिएको पाइएको छ । नेपाली कांग्रेसबाट सुदूरपश्चिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने सांसद कुमारी नन्दा बमले लकडाउनको वेला आफ्नो निर्वाचन क्षेत्रमा राहत बाढ्न तथा अनुगमन गर्न गएको भन्दै भत्ता बुझकी छिन् ।
सार्वजनिक लेखा समितिकी सभापतिसमेत रहेकी सांसद बमले प्रदेश सभाबाट दुई पटक राहत बाढ्न गएको भन्दै रकम बुझेकी हुन । सरकारले कोरोना भाईरसको कारण गत चैत्र १० गते देखि लकडाउन गरेको थियो । सांसाद बमले प्रदेशसभाबाट गत बैशाख २४ गते देखि ३० गतेसम्म योजना अनुगमन गर्न गएको भन्दै १५ हजार ६ सय २५ रुपैया भुक्तानी लिएकी छिन । सरकारले लकडाउन गरेको अवस्थामा कुन ठाउँमा योजना अनुगमन भयो ? भन्ने प्रश्न उठेको छ ।
यस्तै सांसद बलमे चैत्र २६ देखि बैशाख १ गतेसम्म आफ्नो निर्वाचन क्षेत्रमा कोरोना भाइरसको कारण राहत वितरण कार्यको अनुगमन गर्न गएको भन्दै १३ हजार १ सय २५ रुपैया प्रदेश सभाबाट भुक्तानी लिएको प्रदेश सभा सचिवालयका सुचना अधिकारी धन बहादुर शेरपुंजा पुनले जानकारी दिए ।
लकडाउनको अवधिभर प्रेदश सभाबाट उनले भत्ता स्वरुप जम्मा २८ हजार ७ सय ५० रुपैया रकम बुझेको भौचार प्राप्त भएको छ । बम कांग्रेसबाट समानुपातिक सांसदको रुपमा प्रदेशसभाको प्रतिनिधि हुन ।
त्यस्तै, प्रदेश सभा सदस्य चुनकुमारी चौधरीले लकडाउनको बेला निर्वाचन क्षेत्रमा बैशाख ३ गते देखि ५ गतेसम्म योजना लगायत राहत वितरणमा सहभागी भएको भन्दै प्रदेश सभाबाट ९ हजार ६ सय २५ रुपैया भुक्तानी लिएकी छन् । उनी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सांसद हुन ।
यस्तै नेपाल कम्युनिष्ट पार्टी नेकपा बझाङ जिल्लाबाट प्रतिनिधित्व गर्न प्रदेशसभा सदस्य देवकी मल्ललेसमेत लकडाउनको बेला राहत तथा योजना अनुगमन गर्न गएको भन्दै प्रदेश सभा सचिवालयमा भत्ताको लागि निवेदन दिएकी छन् ।
उनको विलभ्रपाई अपुग भएकाले प्रदेश सभा सचिवालयको लेखाले भुक्तानी नदिएको बताएको छ । सांसद चौधरी र मल्ल सार्वजनीक लेखा समितिका सदस्य समेत हुन । लेखा समितिमै बसेर कोरोनाको कहरमा राहतको नाममा भत्ता लिएको भन्दै चर्को आलोचना समेत भएको छ ।