बिनोद चौधरीको अनुभुव : जीवनमा एउटा ढोका बन्दा हुँदा सयौँ ढोका खुल्छन

शुक्रबार, २३ जेष्ठ २०७७

काठमाडौं – मलाई पनि मन थियो विश्वविद्यालय जाने, उच्च शिक्षा हासिल गर्ने । त्यतिबेला मेरो लक्ष्य चार्टर अकाउन्ट (सिए) बन्ने थियो । मेरो इच्छा सिए पढने थियो तर पुरा भएन ।

जीवनको लक्ष्य पुरा नहुदा जो कसैलाई पनि चित्त दुख्छ । सायद मेरो पनि दुःखेको थियो । आज फर्केर हेर्दा मलाई लाग्छ म सिए बनेको भए कुनै कम्पनीको उच्च ओहोदामा रहेर नाफा नोक्सानको हिसाब गरिरहेको हुन्थेँ ।

सायद मेरो जीवनको यात्रा यतिकैमा टुंगिन्थ्यो होला । आज चौधरी ग्रुपमा ३५ जना सिए र १० हजार बढि प्रतिस्पर्धी कर्मचारी छन । म अफिसमा एक्लै रहेको बेला प्रश्न गर्छु बिनोद चौधरी सिए भएको भए यति धेरै सिएलाई जागीर दिन सक्थ्यो त ?

कहिलेकाँहि जीवनको एउटा ढोका बन्दा हुँदा सयौँ ढोकाहरु खुल्दारहेछन ।