२७८ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु
काठमाडौं – शुक्रबार थप २७८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २९१२ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले हालसम्म ३३३ जनाले कोरोनाभाइरसको संक्रमण जितेर घर फर्किएको पनि शुक्रबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए ।
त्यस्तै, सुर्खेतका एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । १४ दिन क्वारेन्टाइन बसेर घर फर्किएपछि उनको मृत्यु भएको थियो ।