कोरोना भाइरस संक्रमित निको हुनेको संख्या ह्वात्तै बढ्यो

शुक्रबार, २३ जेष्ठ २०७७

काठमाडौँ – कोरोना भाइरस (कोभिड १९) संक्रमित निको हुनेको संख्या ह्वात्तै बढेको छ । शुक्रबार एकी दिन ४३ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन ।

योसँगै कोरोना भाइरसको संक्रमणपछि निको हुनेको कूल संख्या ३ सय ३३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । यसमा २७२ जना पुरुष र ६१ जना महिला रहेका छन् ।

शुक्रबार धरानबाट ३ जना, कोशीबाट २७ जना तथा बाँकेबाट १३ जना डिस्चार्ज भएका हुन् । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म प्रदेश १ मा ७६, प्रदेश २ मा १२१, बागमति प्रदेशमा ३२, गण्डकी प्रदेशमा ३, प्रदेश ५ मा ९२, कर्णाली प्रदेशमा २ तथा सुदूरपश्चिम प्रदेशमा ७ जना कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका हुन् ।