धरौटीमा छुटे भीआइपी जुवाडे, कसले कति बुझाए रकम ?

शनिबार, २४ जेष्ठ २०७७

काठमाडौं – भीआइपी जुवाडेहरु धरौटीमा छुटेका छन । जुवा खालबाट आइतबार पक्राउ परेक ९ जना मारवाडी समुदायका जुवाडेहरु ४० हजार ३० हजार धरौटी तिरेर छुटेका छन ।

गिनी गणतन्त्रका अवैतनिक राजदूत अशोककुमार अग्रवाल ४० हजार धरौटीमा रिहा भएका छन् । उनी भारतीय बीमा कम्पनी लाइफ इन्स्योरेन्स कर्पोरेशन लिमिटेडका संचालक हुन भने विशाल ग्रुपका प्रबन्धनिर्देशक हुन ।

कमलादीस्थित बुटिक होटलबा पक्राउ परेका अरुलाई ३० हजार धरौटीमा छोडिएको छ । त्यही समूहमा एनआइसी एसिया बैंकका प्रमोटर रामचन्द्र संघाईसहितका उच्च घरानिया मारबाडीहरु थिए । उनीहरू भने ३०–३० हजार धरौटीमा छुटेको मुद्दाका अनुसन्धान अधिकृत इन्स्पेक्टर प्रदीप सुवेदीले बताए ।

छुट्नेहरुमा बुटिक होटल सञ्चालक निकी जोगाई, नन्दकिशोर शर्मा, विमलकुमार खेतान, विमल ओहुजा, सुरेशकुमार अग्रवाल, गोविन्द घिरैया, अशोककुमार अग्रवाल, पुरुषोत्तम अग्रवाल छन् ।