काठमाडौंमा फेरी ५ जनामा देखियो कोरोना
काठमाडौं – काठमाडौं उपत्यकामा थप ५ जनाका कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु चार जना काठमाडौं जिल्लाका छन भने १ जना भक्तपुरका हुन ।
स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा प्रवक्ता डा. विकास देवकोटाले काठमाडौँमा ३१ र ३५ वर्षका महिला तथा ३४ र ४६ वर्षका पुरुषमा कोरोना भाइरसको संक्रमण भेटिएको जानकारी दिएको छ।
त्यस्तै, भक्तपुर कमलविनायककी ३१ वर्षीया महिलामा पनि कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। नेपालमा शनिबारसम्म कोरोना भाइरस संक्रमितहरुको संख्या ३२३५ पुगेको छ।
नेपालमा अहिलेसम्म १३ जनाको कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमेको छ।