सडकमै विमोचन भयो प्रधामन्त्री ओलीको गीती एल्बम ‘सम्वृद्ध नेपाल सुखि नेपाली’
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली ‘सम्वृद्ध नेपाल सुखि नेपाली’ नामक गीती एल्बम सार्वजनिक भएको छ । प्रधानमन्त्री गीतकार रहेको गीती संग्रह शनिबार दिउसो सडकबाट विमोचन भएको हो ।
शनिवार नयाँ ठिमी भक्तपुरमा ७० जना भन्दा वढि सडक मानवहरुलाई खाना खुवाउँदै उनीहरुको हातबाट नै गीती संग्रह सार्वजनिक गरिएको थियो । कुल ५ वटा गितहरु रहेको एल्बममा राष्ट्रिय युवा संघ नेपालका सह–संयोजक रमेशकुमार पौडेलेका गीतहरु पनि समावेश छन । एक पुरुष र एक महिला सडक मानवलाईनै प्रमुख अतिथि बनाएर उनीहरुको हातबाट सार्वजनिक गरिएको थियो ।
एल्बममा ‘स्वदेशमै रोजगारी स्वदेशमै बास, रोजिदैन प्रवास’ लाई प्रधानमन्त्री केपी ओलीले रचना गरेका हुन भने शान्तिराम राई र मेलिना राईले आवाज दिएका छन । रमेशकुमार पौडेलले रचना गरेको ‘हेर हाम्रो हिमाल हाँसेको, हेर्न खोज्यो सुखि जनता नाँचको’बोलको गीतमा बद्री पंगेनी र मेलिना राईले आवाज दिएका छन ।
प्रधानमन्त्री केपी ओलीले राष्ट्रियताका पक्षमा लिएको अडान र सम्बृद्ध नेपाल, सुखि नेपालीको अभियालाई जनतामाझ लैजानको लागि एल्बम तयार पारिएको र आफूले त्यसको संयोजन गरेको राष्ट्रिय युवा संघ नेपालका सहसंयोजक रमेशकुमार पौडेलले जानकारी दिए ।