एमसीसीको काउन्टरमा आयो १ अर्ब ५२ करोड आर्थिक सहयोग
काठमाडौँ – बेलायत सरकारले कोरोना भाइरससँग जुध्न नेपाललाई १० मिलियन पाउन्ड (१ अर्ब ५२ करोड) सहयोग घोषणा गरेको छ ।
लन्डनस्थित नेपाली दूतावासका अनुसार सहयोग रकममध्ये नेपाललाई १० मिलियन पाउन्ड (१ अर्ब ५२ करोड) सम्म प्राप्त हुनेछ । यसअघि बेलायतले कोभिड १९ रोकथामकै लागि नेपाललाई ८.२ मिलियन पाउन्ड सहयोग प्रदान गरेको थियो ।
राजदूत दुर्गाबहादुर सुवेदीले बेलायत नेपालबीच दुई शताब्दीभन्दा लामो ऐतिहासिक कूटनीतिक सम्बन्ध र गोर्खाहरूको योगदान स्मरण गर्दै महामारीका बेला सहयोग गरिदिन बेलायतलाई आग्रह गरेका थिए ।
डिफिडले नेपाललाई प्रत्येक वर्ष सरदर ९२ मिलियन पाउन्ड सहायता गर्दै आएको छ । गोर्खा वेलफेयर ट्रष्टले पनि बेलायत र नेपालमा रहेका भूतपूर्व गोर्खाहरूलाई सबै प्रकारका सहयोग गरिरहेको दूतावासका उपनियोग प्रमुख शरदराज आरनले बताए ।
वेलायतको गरेको सहयोगलाई अमेरिकाको मिलेनिय च्यालेन्ज कर्पोरेशन (एमसीसी)को काउन्टरका रुपमा लिइएको छ । कुटनीतिज्ञहरुका अनुसार बेलायतले विना सर्त ठूलो रकम नेपाललाई सहयोग गरेर अमेरिकालाई गतिलो जवाफ दिएको छ ।
अमेरिकाले विभिन्न सर्तहरु राखेर नेपालका अनुदान सहयोग गर्न लागेपछि एमसीसीको चर्को विरोध भइरहेको छ ।