प्रमुख जिल्ला अधिकारीका ड्राइभरलाई कोरोना संक्रमण पुष्टि

आइतबार, २५ जेष्ठ २०७७

बर्दिया – जिल्ला प्रशासन कार्यलयका बर्दियाका प्रमुख जिल्ला अधिकारीका सवारी चालकलाई कोरोना सङक्रमण पुष्टि भएको छ। भेरी अस्पताल, नेपालगञ्जमा भएको पिसिआर परीक्षणमा ५५ वर्षीय चालकमा सङ्क्रमण भएको पुष्टि भएको हो ।

उनी दुई दिनअघि सरुवा भएका प्रजिअ प्रेमलाल लामिछानेलाई काठमाडौंँ पुर्‍याएर नयाँ प्रजिअ लीलाधर अधिकारीलाई काठमाडौंँबाट ल्याएका थिए । सरुवा भएका प्रजिअ लामिछानेको पिसिआर नेगेटिभ देखिएको प्रशासकीय अधिकृत बालकृष्ण अधिकारीले जानकारी दिए। चालकलाई गुलरियास्थित जिल्ला समन्वयको सभाकक्षको आइसोलेशनमा राखिएको छ।

यहाँ थप १९ जनाको पिसिआरका लागि स्वाब सङ्कलन गरिएको छ। अन्यको आज स्वाब संकलन गरिने स्वास्थ्य कार्यालयले जनाएको छ। जिप्रकाका सबैलाई सेल्फ क्वारेन्टाइनमा राखी कार्यालयको आन्तरिक काम सञ्चालन गरिने तर कार्यालय बन्द नगरिने प्रशासकीय अधिकृत अधिकारीले बताए।