सरकारको खवरदारी गर्न पूर्वराजा ज्ञानेन्द्र शाहको अपिल
काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाह फेरी सरकार विरुद्धमा बोलेका छन । उनले नेपालको भुमि मिचिएको विषयलाई लिएर सामाजिक संजाल ट्वीटरमा भुमि फिर्ता ल्याउन सरकार पछि हटेको भन्दै सरकारको खवरदारी गर्न अपिल गरेका छन ।
उनले भनेका छन, ‘सरकार आफ्ना नियमित तथा केही अनावश्यक र अप्रासंगिक कार्यहरुमा अल्मलिएर एउटा निश्चित बिन्दुमा पुगी आम जनमानसमा आशा पलाएको राष्ट्रियताको मुद्दा फेरी एकपल्ट ओझेलमा परेको आभाष भएको छ।’
उनले लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटेर बनाएको नयाँ नक्साका विषयमा विभिन्न कोणबाट विभिन्न राजनीतिक दलहरु सर्त राख्न थालेपछि राष्ट्रियतामाथि प्रश्न चिन्ह खडा भएको छ । उनले कतै नेपालको मातृभूमि चुनावी नारामा सिमित हुने होकी भनेर चिन्ता व्यक्त गरेका छन ।
उनले लेखेका छन, ‘माटोको मुद्दा केवल चुनावी नारामात्र नबनोस् भनी आम नागरिकले खबरदारी गर्ने बेला आइसकेको छ।’
सरकार आफ्ना नियमित तथा केही अनावश्यक र अप्रासंगिक कार्यहरुमा अल्मलिएर एउटा निश्चित बिन्दुमा पुगी आम जनमानसमा आशा पलाएको राष्ट्रियताको मुद्दा फेरी एकपल्ट ओझेलमा परेको आभाष भएको छ। मातृभूमिको माटोको मुद्दा केवल चुनावी नारामात्र नबनोस् भनी आम नागरिकले खबरदारी गर्ने बेला आइसकेको छ।
— G. Shah (ज्ञानेन्द्र शाह) (@GBBShah) June 7, 2020