कोरोना संक्रमित युवक फरार
रामेछाप – रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिकाको क्वरेन्टिनमा राखिएका कोरोना सङ्क्रमित युवक सम्पर्कविहीन भएका छन् ।
सङ्क्रमित युवक शुक्रबार दिउँसोदेखि फरार रहेका छन् । गाउँपालिकाले निर्माण गरेको क्वरेन्टीनमा बसेका ती युवासँगै ११ जनाको स्वाब परीक्षणको लागि धुलिखेल पठाइएकोमा उनीहरूको रिपोर्ट नआउँदै गाउँपालिका अध्यक्ष खड्गबहादुर सुनुवारले सबैजनाको रिपोर्ट नेगेटिभ आएको भन्दै बिदाइ गरेर घर पठाएका बुझिएको छ ।
क्वरेन्टिन स्थलबाट घरतर्फ लागेका युवाहरूले वेताली बजारमा घुमफिर गरी सामानहरू समेत किनेर घरतर्फ लगेका पाइएको प्रहरीले जनाएको छ ।