कोरोना कहर : नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख भण्डारीले गरे आत्माहत्या

सोमबार, २६ जेष्ठ २०७७

स्याङजा – कोरोना करहकाबीचमा एक नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुखलले आत्माहत्या गरेका छन । स्याङजाको गल्याङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख लीलाबल्लब भण्डारीले रुखमा झुण्डिएर आत्माहत्या गरेका हुन ।

स्वास्थ्य प्रमुख भण्डारीलाई आइतवार साँझ रुखमा झुण्डीएको अवस्थामा फेला परेका प्रहरीले जनाएका छन् । गल्याङ नगरपालिका वडा नंम्वर २ बटुवा निवासी भण्डारीको शवलाई पोष्टमार्टमका लागि ग्रहौं प्राथमिक अस्पताल वालिङमा राखिएको वडा प्रहरी कार्यालय वालिङका प्रमुख निरन्जन घिमिरेले जानकारी दिए ।

घटनाबारे अनुसन्धान शुरु भएको प्रहरी निरिक्षक घिमिरेले बताए ।