आज पनि बढ्यो सुनकोे मुल्य, कतिमा भइरहेको छ कारोबार ?
काठमाडौँ – आज पनि सुन चाँदीको मुल्य बढेको छ । आज सुनमा एक सय रुपैयाँले बृद्धि भएर ८७ हजार ५ सयमा कारोबार भइरहेको छ । त्यस्तै चाँदीमा ५ रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबार तोलाको ८७ हजार ५ सय रुपैयाँ पुगेको छ । नेपालमा यो मूल्य हालसम्मकै उच्च हो।
नेपालमा लकडाउन भइरहँदा अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढिरहेकाले नेपालमा एक्कासी ठूलो प्रभाव परेको महासंघले जनाएको छ।
चाँदीको मूल्यमा पनि प्रतितोला ५ रुपैयाँले बढेको छ। आज चाँदी ९३० रुपैयाँमा कारोबार भएको छ ।
