भक्तपुरमा एक सुत्केरी महिलाको मृत्यु, कोरोना संक्रमणको आशंका

सोमबार, २६ जेष्ठ २०७७

काठमाडौं – भक्तपुरमा अस्पतालमा आइतबार साँझ एक जना सुत्केरी महिलाको मृत्यु भएको छ ।

छोरालाई जन्म दिएपछि सिन्धुपाल्चोकको लिसंखु गाउँपालिका–३ घर भइ चाँगुनारायण नगरपालिका बस्दै आएकी ३६ वर्षीया महिलाको मृत्यु भएको हो ।

भक्तपुर प्रहरी प्रमुख एसपी सविन प्रधानका अनुसार मृत्यु भएपछि कोरोना भाइरस परीक्षणका लागि स्वाब संकलन गरिएको छ ।

‘हिजै स्वाब लिएर परीक्षणका लागि टेकु पठाइसकिएको छ’, प्रधानले भने, ‘संवेदनशील केश भएकाले आजैसम्ममा नतिजा आउनु पर्ने हो ।’

नवजात शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ ।