थप ३ सय १४ जनामा कोरोना संक्रमण पुष्टि, एक जनाको मृत्यु
काठमाडौं – सोमबार थप ३ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अब नेपालमा कोरोना संक्रमितको संख्या ३ हजार ७ सय ६२ पुगेको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार सोमबार संक्रमित भेटिएकामध्ये २ सय ९४ जना पुरुष र २० जना महिला रहेका छन् । उनीमध्य १ जनाको मृत्यु भएको छ । अर्घाखाँचीका १ जना ५८ बर्षिय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।