दुई जना डाक्टरसहित २३ जनामा कोरोना संक्रमण पुष्टि

सोमबार, २६ जेष्ठ २०७७

चितवन – चितवनमा दुई चिकित्सकसहित २३ जनामा कोरोना संक्रमण देखिएको छ । भरतपुरस्थित कोरोना परीक्षण प्रयोगशालामा गरिएका नमूना परीक्षणमा २३ जनामा कोरोना संक्रमण देखिएको भरतपुर अस्पताल स्रोतले जानकारी दिएको छ ।

तीमध्ये १७ जना चितवनका, पाँच जना नवलपरासी पूर्वका र एक जना धादिङका रहेका छन् ।

संक्रमितमध्ये माडी नगरपालिकाका ६ जना भरतपुर महानगरपालिका क्वारेन्टिनमा रहेका ४ जना, भरतपुर महानगरपालिका( ४ का १ जना, एनपीआई अस्पतालमा रहेका २ जना, पुरानो मेडिकल कलेजमा रहेका २ जना, चिकित्सक २ जना रहेका छन् ।

धादिङका संक्रमित गजुरी गाउँपालिकाका हुन् । आइतवार करीव ३ सय जनाको स्वाब परीक्षणका लागि पठाइएकोमा कतिपय स्वाबको परीक्षण बाँकी नै छ ।