इक्यानका सदस्यहरुलाई खुशिको खवर, अब कोरोना लाग्यो चिन्ता नलिनुहोस् !
काठमाडौं – नेपाल शैक्षिक परामर्श संघ (इक्यान)का सदस्यहरुका लागि खुशीको खवर छ । कोरोना कहरको समयमा इक्यानले आफ्ना सबै सदस्य तथा कर्मचारीको कोरोना बीमा गरेर इक्यानियनहरुलाई खुशी दिलाएको हो ।
इक्यानले ४ सय ७२ जनाको कोरोना बीमा गरेको जनाएको छ । जसमध्य ४ सय ६३ जना इक्यानका सदस्य रहेका छन भने ९ जना इक्यानका कर्मचारी ररहेको इक्यानका महासचिव दिपकराज भुसालले बताए ।
उनका अनुसार सबै कर्मचारी र सदस्यको १ लाख रुपैयाँ बराबरको बीमा गरिएको छ । जसवापत प्रतिव्यक्ति ६ सय रुपैयाँ खर्चिएर १ वर्षको बीमा गरेको भुसालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यो बीमा आगामी १४ दिनपछि सुचारु हुने छ ।
कोरोना बीमा नेको इन्सुरेन्समा गरिएको इक्यानका कार्यलय सचिव रुद्ध रेग्मीले बताए । इक्यानले नेको इन्सुरेन्सलाई कोरोना बीमा बापत २ लाख ८३ हजार २ सय रुपैयाँ बुझाएको इक्यानले जनाएको छ ।
