गण्डकी प्रदेशमा विहानै थपिए २४ कोरोना संक्रमित

मंगलबार, २७ जेष्ठ २०७७

स्याङ्जा – गण्डकी प्रदेशमा २४ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिस्थानमा गरिएको परीक्षणमा नयाँ २४ जनामा सङ्क्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

नयाँ थपएिकामा बाग्लुङको बरेङ गाँउपालिकाका २४, २२, १८, २४, १८, ४९, २३ र २७ वर्षका गरी ८ जना पुरुष र निसीखोला गाँउपालिकाका २१, २६ र २७ वर्षका ३ जना पुरुष रहेका छन् ।

यसैगरी नवलपरासी, सुस्तापूर्वको बौदीकाली गाँउपालिकाका ४०, १९, ३०, १८, २२, २१, १९, २२, ४०, २०, १८ र ३० वर्षका पुरुष रहेका छन् । यस्तै म्याग्दीको बेनी नगरपालिकाका ४६ वर्षका एक पुरुषमा पनि सङ्क्रमण पुष्टि भएको छ ।

सङ्क्रमित सबै जनालाई आइसोलेसनमा लैजाने तयारी भइरहेको स्वास्थ्य निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डाक्टर विनोदविन्दु शर्माले जानकारी दिनुभयो ।