रुपन्देहीमा पाँच जनाको हत्या गर्ने युवक पक्राउ, वेहोस भएको अवस्थामा फेला

मंगलबार, २७ जेष्ठ २०७७

काठमाडौं – रुपन्देहीमा ५ जनाको हत्या गर्ने युवक पक्राउ परेका छन । पक्राउ पर्नेमा सुर्खेत घर भई गाई फार्ममा कार्यरत ३१ वर्षीय झकेन्द्र सिंजाली रहेका छन ।

ती युवकलाई उक्त फार्म भन्दा केही पर नसामा लट्ठिएर वेहोस भएको अवस्थामा फेला पारिएको प्रदेश ५ का डिआइजी रवीन्द्र धानुकले जानकारी दिए । हत्या गरिएका पाँच जनामध्ये सोही फार्ममा काम गर्ने ४ पुरुष र एक महिला छन्।

हत्या आरोपमा पक्राउ परेका व्यक्ति समेत नशामा लठ्ठिएको अवस्थामा फेला परेकाले उनले नशालु पदार्थ खुवाएर हत्या गरेको हुनसक्ने प्रहरीले आशंका गरेको छ।

घटनास्थलमा नसालु पदार्थ र र बियरका बोतल समेत भेटिएका छन्। एक महिलाको समेत हत्या भएकाले उक्त घटना केटीको विषयमा विवाद हुँदा भएको हुनसक्ने भन्दै त्यसतर्फ पनि अनुसन्धान हुने डिआइजी धानुकले जानकारी दिए। घटनाको अनुसन्धानका लागि संघीय प्रहरी कार्यालय नेपालगञ्जबााट एसएसपी राजकुमार वैदवारको टोली घटनास्थलतर्फ गइसकेको छ।