अब नेपालले पूर्वको टिस्टा र पश्चिम काँगडा दावि गर्न पर्छ : नेतृ झाँक्री
काठमाडौं – नेकपाकी नेतृ रामकुमारी झाँक्रीले नेपालले पूर्वटिस्टा देखि पश्चिम काँगडासम्मको भुभाग फिर्ता लिनपर्ने बताएकी छन ।संसदमा नेपालको संविधानको दोश्रो संशोधनको विषयमा भएको बहसमा भाग लिदै झाँक्रीले नेपालको पुरा भुमि फिर्ता ल्याउनुपर्ने बताएकी हुन ।
नेपालीहरुले युद्धा हारेर ग्रेटर नेपाल गुमाएको नभइ षड्यन्त्रका कारण भुमि गुमेको उनको तर्क छ । नेपालले युद्धा नहारेको प्रमाण अहिले बेलायत र भारतमा रहेका गोर्खा सैनिकहरु भएको भन्दै यसमा सरकारले विशेष कदम चताल्नुपर्ने उनको भनाई छ । सरकारले आफ्नो भुमि फिर्ताका लागि पहल गर्दै आफ्नो पुरानो देश फिर्ता ल्याउनुपर्ने उनको भनाई थियो ।