कर्णाली नदिबाट ३४ जनाको उद्धार, ३ जना अझैं वेपत्ता (नामसहित)

बुधबार, २८ जेष्ठ २०७७

काठमाडौं – कालिकोट जिल्लाको लालिघाटमा भएको ट्रिपर दुर्घटनामा परेका ३४ जनाको सकुसल उद्धार गरिएको छ । दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ भने  १० जना घाइते छन ।

उनीहरु मध्ये ३ जनाको अवस्थ गम्भीर रहेको छ । आज विहान कालिकोटको जितेगडाबाट रास्कोट नगरपालिकाको क्वारेन्टिनमा जाँदै गर्दा लालिघाटमा ट्रिपर दुर्घटना भएको थियो । दुर्घटनामा परेको ३ जना अझै वेपत्ता रहेको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा रास्कोट नगरपालिका २ कि २३ वर्षिय शर्मिला सार्की, २१ वर्षि ठम्मि सार्कि रहेका प्रहरीले जनाएको छ । यसै टिप्पर दुर्घटनामा घाईते हुनेमा रास्कोट नगरपालिका २ का अनिता सार्कि, गोविन्द सार्कि, कमला सार्कि, निल सार्कि, विवेक चौधरी, देवराज सार्कि, निस्पता सार्कि, मिन सार्कि र गोपाल सार्कि रहेका छन्।

उनीहरुको जिल्ला अस्पताल कालिकोटमा उपचार भइरहेको छ । गम्भीर बिरामी भएका ३ जनालाई थप उपचारका लागि सुर्खेत लैजाने तयारी गरिएको छ । वेपत्ता हुनेहरुमा रास्कोट नगरपालीकाकै कुल सार्की, धरुपा सार्की, प्रकास सार्की रहेका छन्।

वेपत्ता हुनेको खोजी कार्य जारी रहेको छ । भारत र रामेछाप जिल्लाबाट आएका रास्कोट बासीलाई क्वारेन्टिनमा लिदै गर्दा नगरपालिकाको ना.८ ख ५१३३ नम्बरको टिप्पर दुर्घटना भएको थियो ।