आजबाट सबै पसल खुल्ला, जोर-बिजोर प्रणाली लागु, आज कसको पालो ?
काठमाडौं – आजबाट सबै पसल व्यवसायहरु संचालन हुने भएका छन । मन्त्रिपरिषद्को बुधबार राति सम्पन्न बैठकले सबै किसिमका पसलहरु सुरक्षा मापदण्ड अपनाएर सञ्चालन गर्न दिने निर्णय गरेको थियो । सोही अनुसार आजबाट सबै पसलहरु संचालन हुने भएका हुन ।
यसैगरी निजी सवारीसाधन जोर–बिजोरका आधारमा चल्ने भएका छन । एक मन्त्रीका अनुसार जोर गते जोर नम्बरका निजी सवारी साधन सञ्चालन गर्न पाइने छ भने बिजोर गते बिजोर नम्बरका सवारी सञ्चालन गर्न पाइने छ । तर सार्वजनिक यातायात भने तत्काल नखोल्ने भएका छन ।
आज जेठ २९ गते । विजोर नम्बर प्लेट भएका सवारी साधनहरु संचालन गर्न दिइने छ । अन्तीमको नम्बर विजोर भएका सवारी साधनहरु आज निर्वाध रुपमा संचालन हुनेछन ।