एसईई परीक्षा खारेज भएपछि शिक्षामन्त्रीले भने, ‘विद्यार्थी र अभिभावकलाई ठूलो राहत भयो’
काठमाडौं – शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोख्रेलले माध्यमिक शिक्षा परिक्षा खारेको भएको जानकारी दिएका छन । उनले कक्षा दशको अन्त्यमा हुने परीक्षा (एसईई) विद्यालयद्वारा गरिएको आन्तरिक मूल्याङ्कनलाई आधार बनाएर राष्ट्रिय परीक्षा बोर्डले प्रमाणपत्र जारी गर्ने गर्ने निर्णय भएको जानकारी दिए ।
बुधबार साँझ बसेको मन्त्रिपरिषद बैठकले विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा नतिजा निकाल्ने निर्णय गरेलगत्तै मन्त्री पोखरेलले सामाजिक सञ्जालमार्फत सो कुराको थप जानकारी दिएका हुन् । मन्त्री पोखरेलले यससम्बन्धि थप विवरण सम्बन्धित निकायहरुले उचित समयमा उपलब्ध गराउने जानकारी दिएका छन् ।
उनले लामो समयसम्म विद्यार्थी तथा अभिभावकहरूलाई अन्यौलमा राखिराख्न उचित नभएकोले आवश्यक निर्णय गरिएको समेत स्पष्ट पारेका छन् । यो निर्णयले विद्यार्थी तथा अभिभावकलाई ठूलो राहत मिलेको बताएका छन ।
कोभिड १९ को महामारीका कारण देशभरका शिक्षण संस्थाहरू बन्द रहेका, विद्यालयहरूमा क्वारेन्टिन सेन्टर सञ्चालन गरिएको र यस रोगको संक्रमणको जोखिमका बीच विद्यालयहरूमा परीक्षा केन्द्र कायम गरी विगतमा झै परीक्षा सञ्चालन गर्न सकिने अवस्था निकट भविष्यमा नरहेले परिक्षा राखेज गरिएको उनको भनाई छ ।