नझुक्किनुहोस् : सबै पसल खुलेका छैनन्, हेर्नुहोस् आजबाट के खुल्छ ? के खुल्दैन ?
काठमाडौं – सरकारले आजबाट लकडाउन खुकुलो पारेको छ । लकडाउनको ८० औँ दिनबाट पसल व्यवसाय संचालनका लागि अनमति दिएको छ ।
मन्त्रिपरिषद्को बुधबार राति सम्पन्न बैठकले सबै किसिमका पसलहरु सुरक्षा मापदण्ड अपनाएर सञ्चालन गर्न दिने निर्णय गरेको थियो । सोही अनुसार आजबाट धेरैजसो पसलहरु संचालन हुने छन ।
यस्तै, आजबाट निजी सवारीसाधन पनि जोर–बिजोरका आधारमा चल्ने भएका छन । जोर गते जोर नम्बरका निजी सवारी साधन सञ्चालन गर्न पाइने छ भने बिजोर गते बिजोर नम्बरका सवारी सञ्चालन गर्न पाइने छ । तर सार्वजनिक यातायात भने तत्काल नखोल्ने भएका छन ।
सरकारले केही व्यवसाय अझैं खोलेको छैन । शैक्षिक संस्थाहरु, मनोरन्जनमा माध्ययम, २५ जना भन्दा बढि जम्मा हुने सभासेमिनार लगायतमा अझै प्रतिबन्ध लगाएको छ ।
