अबदेखि ११ घण्टा कार्यलय खुल्ने, कुन–कुन कार्यलय खुल्छन विहान ८ बजे ?
काठमाडौं – सरकारले सरकारी कार्यालय दुई सिफ्टमा सञ्चालन गर्ने निर्णय गरेको छ । दुई सिफ्टमा संचालन गर्दा ११ घण्टा कार्यलयहरु खुल्ने छन ।
बिहीबार दिउँसो सरकारका प्रवक्तासमेत रहेका अर्थमन्त्री युवराज खतिवडाले मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै सरकारी कार्यालय, बैंक तथा वित्तिय संस्थाहरु दुई सिफ्ट संचालन गर्ने निर्णय भएको जानकारी दिए ।
कार्यलयहरु बिहान ८ बजेदेखि १ बजेसम्म १ सिफ्ट र दिउँसो १ बजेदेखि साँझ ६ बजे अर्को सिफ्टमा सञ्चालन गर्ने निर्णय भएको जानकारी दिए।
काठमाडौं उपत्यका र अन्य जिल्लाको हकमा सम्बन्धित जिल्लाभित्र जोरबिजोर प्रणालीमा निजी सवारी साधन सञ्चालन गर्न पाइने छ । तर ती सवारीसाधनमा चालकबाहेक थप २ जना मात्रै बस्नुपर्नेछ।
मोटरसाइकल चलाउन पाइने तर दुईजना चढ्न नपाइने भएको छ । कर्मचारी बोक्ने निजी संस्थाका गाडीभित्र भौतिक दूरी कायम गरेर बस्नुपर्नेछ।
यस्तै कृषि र पशुपक्षी सेवा, उत्पादन र बिक्री खुला गरिएको छ भने उद्योग, व्यापार, व्यवसाय, पसलहरु, डिपार्टमेन्टर स्टोरहरु खुल्ने भएका छन्।
पैदल आवागमन खुला गरिएको छ, तर ठूलो समूहमा भिडभाड नगर्न र सुरक्षा अपनाउनुपर्नेछ।
महोत्तरीमा विषाक्त मदिरा सेवन गरेर मृत्यु भएका १२ जनाको परिवारलाई प्रतिमृतक दुईलाख दिने निर्णय भएको पनि मन्त्री खतिवडाले जानकारी दिए।