कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु

शनिबार, ३१ जेष्ठ २०७७

काठमाडौं – कोरोना संक्रमणबाट थ २ जनाको मृत्यु भएको छ । एक पाँच वर्षीय बालकसहित थप दुई जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोभिड १९ बाट मृत्यु हुनेको सङ्ख्या १८ पुगेको छ। वीरगञ्जको एक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बालक र बेवारिसे अवस्थामा मृत फेला परेको पुरुषको पीसीआर परीक्षणमा गर्दा सङ्क्रमण पुष्टि भएको हो ।

बाराको निजगढ नगरपालिका वडा नम्बर ६, योजना टोलका पाँच वर्षीय बालकको शुक्रवार साँझ मृत्यु भएको बाराका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले बताएका छन्।