७ जना पुरुष र ५ जना महिला रङ्गेहात पक्राउ
पोखरा – जुवाको खालबाट १२ जनालाई प्रहरीले रङ्गेहात पक्राउ गरेको छ । प्रहरीले शुक्रबार वेलु जुवाको खालबाट ७ जना पुरुष र ५ जना महिलालाई नगत रु ३ लाख २९ हजार ८ सय ५५ रुपैयाँसहित फक्रउ गरेको हो ।
पोखरा महानगरपालिका १० बुद्धचोक डेरा गरी बस्ने अन्जना गुरुङको कोठामा जुवातास खेलिरहेको अवस्थामा १२ जनालाई नगद ३ लाख २९ हजार ८ सय ५५ रुपैयाँ र ४ बुक तास सहित शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
अन्जना गुरुङको डेरामा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले ७ जना पुरुष र ५ जना महिला गरी १२ जनालाई उक्त नगद र तास सहित फेला पारी पक्राउ गरे प्रहरीले जनाएको छ ।