आज संसदमा किन बोलेनन् गगन थापा ? यस्तो छ गम्भीर षड्यन्त्र !
काठमाडौं – आज नेपाल र नेपालीका लागि ऐतिहासिक दिन हो । नेपालले आफ्नो नयाँ नक्सा संसदबाट पारित गरेर संविधान संशोधन मार्फत निसान छाप परिवर्तन गरेको दिन ।
यो ऐतिहासिक क्षणमा संसदमा संधै खरो रुपमा प्रस्तुत हुने नेपाली काँग्रेसका नेता गगन थापा भने बोल्न पाएनन् । उनी किन बोलेनन् त ? धेरैको जिज्ञासा छ ।
गगन थापाले आफूमाथि षड्यन्त्र भएका कारण संसदमा बोल्न नपाएको बताएका छन । सामाजिक संजालमार्फत उनले आफूमाथि पार्टीले षड्यन्त्र गरेको बताए ।
थापाले आफ्नै पार्टीको संसदिय दलले षढ्यन्त्र गरेको आरोप लगाएका छन । समाजिक संजालमा लेखेका छन, ‘संविधान संशोधन जस्तो महत्त्वपूर्ण विषयको दफावार छलफलमा सभामुखले दललाई समय तोकेर दिने, दलले मान्छे तोकेर बोल्न दिने अनि बोल्न पाउँ भन्दा सभामुखले दललाई भन्नुस भन्ने ! चलन यस्तै हो रे !’
यस्तो खालको प्रबृतिले सांसदको भूमिका खुम्चिएको भन्दै उनले असन्तुष्टि जनाएका छन ।
आज किन नबोलेको भनेर धेरै साथीले सोध्नुभएको छ।
संविधान संशोधन जस्तो महत्त्वपूर्ण विषयको दफावार छलफलमा सभामुखले दललाई समय तोकेर दिने,दलले मान्छे तोकेर बोल्न दिने अनि बोल्न पाउँ भन्दा सभामुखले दल लाई भन्नुस भन्ने!! चलन यस्तै हो रे!
यस्तै चलनले हो सांसदको भूमिका खुम्चिएको।
— Gagan Thapa (@thapagk) June 13, 2020