को हुन माइतीघरबाट पक्राउ परेका १० युवा ? (नामसहित)
काठमाडौं – सामाजिक सञ्जालबाट जोडिएका सरकारसँग असन्तुष्ट युवाहरूको समूहले आयोजना गरेको आन्दोलनबाट पक्राउ परेका सबैको पहिचान खुलेको छ । उनीहरु मध्ये तीन जना नेपाली रहेका छन भने ७ जना विदेशीछन
पक्राउ पर्नेमा ग्रुपमा सक्रिय रहेका इशन अधिकारी छन । कोरोना सङ्क्रमणको समयमा मानिसलाई भड्काएर आन्दोलनमा उतारेको अभियोगमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ।
ईशान २०७३ जेठमा सिंहदरबारमा रङ्ग छ्यापेर सामाजिक अभियन्ताको रूपमा चिनिएका युवा हुन्। त्यस्तै ग्रुपका अर्का सदस्य खड्ग रोकाय र सचिन श्रेष्ठलाई समेत प्रहरीले पक्राउ गरेको छ ।
युवाहरूले जारी राखेको आन्दोलनमा विदेशी नागरिकसमेत सहभागि भएको पाइएको छ । शनिवार माइतीघरमा आयोजित आन्दोलनबाट ७ जना विदेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा अमेरिका, चीन, अस्ट्रेलिया, नर्वे र क्यानडाका गरेर ७ जना रहेको प्रहरीले जनाएको छ । उनीहरु मध्ये ३ जना चिनियाँ, १ जना अस्ट्रेलियन, १ अमेरिकन, १ नर्वेजियन, १ क्यानेडियन रहेका छन्। नियन्त्रणमा लिएका मध्ये ४ जना महिला हुन्। उनीहरू आन्दोलनमा किन आए ? यसको प्रस्ट जवाफ आइसकेको छैन। उनीहरूले अहिले केही बताइसकेका छैनन्।
प्रहरी स्रोतले दिएको जानकारी अनुसार दुई जना महिला ग्रुपमा सक्रिय सदस्यका प्रेमिका समेत भएको खुलेको छ।