एक महिलासँग आपत्तिजनक अवस्था भेटिए वडा अध्यक्ष, रङ्गेहात पक्राउ

शनिबार, ३१ जेष्ठ २०७७

कालिकोट – कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिका–७ का वडाध्यक्ष रङ्गेहात पक्राउ परेका छन । सात्ताधारी नेपाल कम्युनिष्ट पार्टीका जिल्ला कमिटी सदस्यसमेत रहेका दलबहादुर विश्वकर्मा (प्रकाश) अवैध सम्बन्ध राख्दा राख्दै रंगेहात पक्राउ परेका हुन ।

नरहरिनाथ गाँउपालिका वडा नं. ७ की एक स्थानीय महिलासँग अवैध सम्बन्ध राख्दै गर्दा स्थानीयले उनलाई रंगेहात पक्राउ गरेका हुन् । अत्याधिक मदिरा सेवन गरी पटक–पटक एक महिलाको घरमा जाने वडाध्यक्ष बिकलाई त्यहाँका स्थानीय नागरिकले निगरानी राखी अवैध सम्बन्ध राख्दै गर्दा रंगेहात (नाङगै) समातेका छन् ।

माल्कोटकी ती महिलासंग वडा अध्यक्ष बिकले पहिलेदेखी नै अवैध सम्बन्ध राख्दै आएको स्थानीयले थाहा पाएपछि वडाध्यक्षलाई रंगेहात पक्राउ गरी नाङ्गो बनाएका हुन् । वडाध्यक्ष दलबहादुर बिकले यसभन्दा पहिले पनि मालकोटकी एक महिलालाई आफूले विहेगर्ने भन्दै झगडासमेत गरेको भिडियो बाहिरीएको थियो ।