२० दिनअघि कोरोना पुष्टि भएका पुरुषको मृत्यु, मृतकको संख्या १९ पुग्यो
काठमाडौं – कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ । गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर ४ जैसिथोकका ३६ वर्षीय पुरुषको शनिबार राती मृत्यु भएको हो ।
उनी जेठ २ गते भारतबाट गाउँ आएर धुर्कोट गाउँपालिका ४ जैसिथोकस्थित पाञ्चायन माविको क्वारेन्टाइनमा बसेका उनमा जेठ १२ गते कोरोना पुष्टि भएको थियो।
त्यसलगत्तै थप उपचारको लागि जेठ १३ गते उनलाई तम्घासस्थित आइसोलेशनमा लगिएको थियो। उनी दुई वर्षदेखि क्यान्सर र पायल्सको समेत रोगी रहेको तम्घास अस्पतालका डाक्टर कविराज भुसालले बताए ।
उनलाई थप उपचारको लागि बुटबल लैजानुपर्ने भनेपनि उनले जान अस्विकार गरेपछि उनलाई तम्घासमै राखिएको रेसुङ्गा नगरपालिकाका स्वास्थ्य संयोजक बोम अर्यालले बताए।
सुरक्षाकर्मीको समुहले राति नै उनको शवको व्यवस्थापन गरेको छ। धुर्कोट गाउँपालिका ४ जैसिथोकस्थित एक जंगलमा शव गाडिएको गाउँपालिकाले जनाएको छ।
गुल्मीमा कुल कोरोना संक्रमितको सङ्ख्या ११ पुगेको छ। जसमध्ये दुईजनाको निधन भइसकेको छ। दुईजनाले कोरोना जितेर घर फर्केका छन् भने बाँकी सात जनाको उपचार भइरहेको छ।